
७ असार, विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलले उपनेता र सचेतक तोकको छ ।
नेकपा एमाले विभाजनपछि रिक्त रहेको उपनेतामा सांसद यसोदा अधिकारी र सचेतकमा बिमल कार्कीलाई जिम्मेवारी दिएको हो ।
प्रदेशसभाको सबैभन्दा ठूलो दल भए पनि एमालेले दलको रिक्त रहेका पदाधिकारीहरु टुंग्याउन सकेको थिएन ।
नेकपा एमाले विभाजन अघि अधिकारी माधव नेपालको टिममा थिइन् । उनी मोरङ जिल्लाको प्रतिनिधित्व गर्ने समानुपातिक सांसद हुन् ।
सचेतक कार्की उदयपुरको क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र १ बाट निर्वाचित सांसद हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4