+
+

मन्त्री हेरफेरविरुद्ध उभिएका एकीकृत समाजवादीका ६ सांसदले लिए हस्ताक्षर फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ११ गते १३:४३
शुक्रबार गरिएको हस्ताक्षर फिर्ता लिनेमध्ये एक नेता प्रेमबहादुर आले ।

११ असार, काठमाडौं । मन्त्री हेरफेरविरुद्ध उभिएका नेकपा एकीकृत समाजवादीका १० मध्ये ६ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका प्रेमबहादुर आलेसहित ६ जना सांसदले शुक्रबार पार्टी नेतृत्वलाई ७ बुँदे मागपत्र बुझाउँदा दिएको पत्रबाट आफ्नो हस्ताक्षर फिर्ता लिएका हुन् ।

पार्टी नेतृत्वले विगतमा कमजोरी भएको र अब सच्याउने प्रतिवद्धता जनाएपछि आफूहरुले हस्ताक्षर फिर्ता लिएको सांसद गोपाल बमले अनलाइनखबरसँग बताए ।

हस्ताक्षर फिर्ता लिनेमा आलेसँगै धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र विनादेवी बुढाथोकी रहेका छन् ।

उनीहरुले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘०७९/३/९ का दिन कमरेड अध्यक्ष माधवकुमार नेपाललाई ८ बुदे मागसहित दलको बैठक समेत बोलाइयोस् भनी पेश गरेको पत्रमा हामी तपशीलका सांसदको समेत हस्ताक्षर रहेकामा उक्त हस्ताक्षर फिर्ता लिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?