+
+

अश्लील गीत गाएको भन्दै कलाकार र रोधीघर सञ्चालकलाई प्रतिष्ठानले काट्यो पत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १७ गते १६:५२

काठमाडौं । अपाच्य र अभद्र शैलीमा लोकदोहोरी गीत गाएको भन्दै राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानले रोधीघर सञ्चालक र गायक-गायिकालाई स्पष्टीकरण सोध्न छलफलमा बोलाएको छ ।

प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले अनलाइनखबरसँग कुरा गर्दै पत्र काटेरै सबै जनालाई आइतबार संघको कार्यालयमा बोलाइएको बताए । लाइभ दोहोरीको नाममा युट्युबमार्फत अग्रणी कलाकारले समेत संस्थाको अनुरोधलाई उल्लंघन गर्दै अश्लीलता फैलाएको प्रतिष्ठानको दाबी छ ।

प्रत्यक्ष दोहोरी कलाकार संघका सबै पदाधिकारीलाई पनि छलफलमा बोलाइएको छ । अश्लीलता प्रदर्शन गर्ने कलाकारलाई सचेत तुल्याउनेदेखि कारवाही गर्ने र अन्यलाई सचेत गराउने उद्देश्य रहेको अध्यक्ष बीजीले बताए ।

यसअघि पनि संस्थाले पटकपटक त्यसो नगर्न भने पनि आग्रहलाई नटेरिएको अध्यक्ष बीजीले बताए । केही दिनअघि गायक इन्द्र जीसीले पनि अश्लीलता फैलाएको भन्दै गायक कस्तुप पन्तले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका थिए ।

गत साता प्रतिष्ठानले तीजको गीतमा पनि अपाच्य रुपमा प्रस्तुत नहुन चेतावनी दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?