+
+

बक्स अफिस : नेपालमा ‘थोर’ले १ करोड ७५ लाख कमाउँदा ‘दोख’को ओपनिङ कमजोर

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते १३:१९

काठमाडौं । मार्भल स्टुडियोको हलिउड फिल्म ‘थोर : लभ एण्ड थन्डर’ले नेपाली बक्स अफिसमा पहिलो सप्ताहन्त सुखद ओपनिङ गरेको छ । मुलुकका ४२ पर्दाबाट फिल्मले शुक्रबार र शनिबार  १ करोड ७५ लाख रुपैयाँ ग्रस कमाइ गरेको एप्पल इन्टरटेनमेन्टले जनाएको छ ।

शुक्रबार बिहानी शोमा मल्टिप्लेक्समा क्रिस हेम्सवर्थ स्टारर फिल्मको ओपनिङ अकुपेन्सी शतप्रतिशत रह्यो । आइतबार समेत बिदा परेकाले फिल्मले तीन दिनको सप्ताहन्त प्राप्त गरेको छ ।

फिल्मले तीन दिनमा ९० लाख ग्रसभन्दा बढी कमाइ गर्ने प्रक्षेपण छ । आइतबार पनि प्रदर्शन भइरहेका हलको अकुपेन्सी ८० प्रतिशत छ । हलिउड सुपरहिरो ‘थोर’को प्रतीक्षित सिक्वेल भएकाले पनि यसलाई लिएर दर्शकमाझ पर्खाइ थियो ।

यो सप्ताहन्त घरेलु फिल्मको लागि भने सुखद रहेन । राम्रो समीक्षा प्राप्त गरे पनि अनुप बराल निर्देशित फिल्म ‘दोख’को ओपनिङ निकै कमजोर रह्यो । मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले ‘दोख’लाई सोमबार एक शो मात्र दिएको छ ।

प्रदर्शनको तीन दिनमै मल्टिप्लेक्सले फिल्मको शो घटाएका छन् । मौलिक कथावस्तुमा निर्माण भएको भन्दै फिल्मले कलात्मक पक्षबाट मीठो समीक्षा प्राप्त गरे पनि कमजोर कमाइले फिल्मको भविष्यमा धक्का लागेको छ । कमजोर स्टारकास्ट र पब्लिसिटीको असर फिल्मको ओपनिङमा परेको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?