+
+
Shares

नारायणकाजीलाई ओलीको जवाफ : कोही वामपन्थी भए गठबन्धन छोडेर आओस्

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३२ गते २०:१०

३२ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेक अरु वामपन्थी नभएको तर्क गरेका छन् । यदि कोही वामपन्थी भए एमालेसँग मिलेर देशका लागि काम गर्ने सरकार बनाउन आउन आग्रह गरे ।

शनिबार काठमाडौंमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था : चुनौती र अबको बाटो’ विषय विचार गोष्ठी कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ओलीको नाम नै लिएर ‘तुम शेर, तो हम सवा शेर’ भन्ने नगर्न र वामपन्थी तालमेलमा आउन आग्रह गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि रहेका ओलीले आफ्नो बोल्ने पालो आएपछि माओवादी केन्द्रका नेता श्रेष्ठलाई जवाफ दिए । शंकाको लाभ दिने भन्दै उनले भने, ‘नेपालमा वामपन्थी पार्टीहरु छन् भने कांग्रेसको पछाडि नलाग्न, गठबन्धन छोड्न, देशघाती काम नगर्न, एसपीपी नगर्न र वामपन्थी एकतामा आउन आग्रह गर्छु ।’

साइन बोर्ड मात्र राखेर कुनै पनि दल वामपन्थी नहुने भन्दै ओलीले भने, ‘चौरीको पुच्छर जस्तो कांग्रेसको पुच्छर भएर वामपन्थी पार्टी हुन्छ ?’

कम्युनिस्ट सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउन अदालतमा रिट हाल्न गएको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘राफसाफ कुरा गरौं । गल्ती भइहाल्यो, छोडिदिऔं, कोही वामपन्थी हुनुहुन्छ भने आउनुस्, एमालेसँग मिलेर देशको पक्षमा काम गर्ने सरकार बनाऔं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?