+
+

टम क्रुज संसारकै महंगा अभिनेता, ‘टपगन’बाट लिए १०० मिलियन डलर पारिश्रमिक

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते ११:३५

काठमाडौं । हलिउड अभिनेता टम क्रुज संसारकै महंगो अभिनेता बनेका छन् । नेपालसहित विश्व बजारमा अहिले पनि प्रदर्शन भइरहेको फिल्म ‘टपगन : माभेरिक’बाट १०० मिलियन अमेरिकी डलर (१२ अर्ब ८० करोड रुपैयाँ) पारिश्रमिक लिएसँगै उनी महंगो बनेका हुन् ।

भेराइटी म्यागजिनले बिहीबार पारिश्रमिकको आधारमा हलिउडका २६ फिल्म कलाकारको सूची सार्वजनिक गरेको छ । सूचीको शीर्षस्थानमा रहेका क्रुज अभिनित ‘टपगन’को दोस्रो श्रृंखलाले अहिलेसम्म विश्व बक्स अफिसमा १.२ बिलियन डलर कमाइसकेको छ ।

अभिनेता विल स्मिथ सूचीको दोस्रो स्थानमा छन् । ‘इम्यानिसिपेसन’बाट उनले ३५ मिलियन डलर पारिश्रमिक लिएका थिए । ‘किलर्स अफ दी फ्लावर मुन’बाट लियोनार्दो डिकाप्रियोले ३० मिलियन डलर र चौथो स्थानमा रहेका ब्राड पिटले ‘फर्मुला वान ड्रामा’बाट ३० मिलियन डलर पारिश्रमिक लिएका छन् ।

आगामी तिहार छेकोमा प्रदर्शन हुन लागेको फिल्म ‘ब्ल्याक आडम’बाट डाउने रक जोन्सनले २२.५ मिलियन डलर पारिश्रमिक लिएका छन् । विल फरेल, क्रिस हेम्सवर्थ, भिन डिजेल, टम हार्डी, ज्याकिन फिनिक्स, रायन रिनोल्ड्स र डेन्जल वासिङ्टन समान २० मिलियन डलर पारिश्रमिकसहित सूचीमा छन् ।

खासगरी एप्पल, नेटफ्लिक्सजस्ता ओटीटी प्लेटफर्मको कारण कलाकार महंगो हुँदै गएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?