+
+

युक्रेनका राष्ट्रपतिकी पत्नीले अमेरिकासँग मागिन् थप हतियार

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १३:१४

५ साउन, काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्सीकी पत्नी ओलेना जेलेन्स्काले रुसविरुद्धको लडाइँमा हतियार सहयोग गर्न अमेरिकालाई आग्रह गरेकी छन् । अमेरिकी संसदलाई सम्बोधन गर्दै उनले हतियारको सहयोग मागेकी हुन् ।

वाशिङ्गटनमा भावुक सम्बोधन गर्दै उनले भनिन्, ‘मैले हतियार मागिरहेकी छु, यस्तो हतियार जसको प्रयोग अरु कसैको भूमिमा युद्ध छेड्नका लागि होइन बरु कसैको घरको घरको रक्षाका लागि प्रयोग गरिने छ ।’ रुसी आक्रमण पूर्वी युक्रेनभन्दा अगाडि बढाउने घोषणा गरेको बेला जेलेन्स्कीकी पत्नीले हतियार माग गरेको बीबीसीले जनाएको छ ।

रुसले युक्रेनमा आक्रमण थालेको पाँच महिनाभन्दा बढी समय भइसकेको छ । यसबीचमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने उद्देश्यले युक्रेनका राष्ट्रपतिकी पत्नी अमेरिका भ्रमणमा छिन् । यद्यपि उनी युक्रेन सरकारको आधिकारिक कुनै जिम्मेवारीमा छैनिन् ।

गत मंगलबार उनले अमेरिकी राष्ट्रपति जो बाइडन र सोमबार विदेशमन्त्री एन्टोनी ब्लिंकनसँग कुराकानी गरेकी थिइन् ।

अमेरिकाले रुसको आक्रमणबाट प्रतिरक्षा गर्न भन्दै युक्रेनलाई ४० अर्ब डलरको सहयोग दिइसकेको छ । तर युक्रेनले अमेरिकाबाट थप सहयोगको अपेक्षा गरेको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?