+
+

चन्द्रागिरीको गोदामचौरमा राँगोलाई गोली हानेर मारियो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १३ गते ८:४१

१३ साउन, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका ४ गोदाम चौरमा आतंक मच्चाएको भन्दै एउटा राँगोलाई गोली हानी मारिएको छ । आज बिहान साढे ७ बजेतिर राँगो मारिएको हो ।

थानकोट प्रहरीका अनुसार नेपालगञ्जबाट ल्याइएको राँगो थानकोटको खरीबोटमा आज बिहान ३ बजेतिर झार्ने क्रममा भागेको थियो । सो राँगोले त्रिभुवनपार्क, चेकपोष्ट, गोदामचौर लगायतका स्थानमा दौडिएको थियो । ‘करिब ३ किलोमिटर दौडिएपछि गोदामचौरको एक जनाको बारीको कम्पाउण्डमा छिर्यो । त्यो कम्पाउण्डमा छिरेको पनि चार घण्टापछि गोली हानेर मारियो,’ थानकोट प्रहरीका डिएसपीले भने ।

प्रहरीका अनुसार राँगोले कसैलाई घाइते भने बनाएको थिएन । तर मानवीय क्षति पुर्याउन सक्ने सम्भावना देखिएपछि मार्नु परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?