+
+

नेतालाई पछ्याउँदै नवल : देव गुरुङ र भीम रावलले फिल्म ‘काँडेतार’को प्रवर्द्धनमा सघाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १२:३०

काठमाडौं । निर्माता तथा अभिनेता नवल खड्काले आफू निर्देशित फिल्म ‘काँडेतार’को प्रचारप्रसार अहिले राजनीतिक वृत्तमा मात्र गरिरहेका छन् । दुई साताअघि विद्यार्थी संगठनका अध्यक्षसँग उनले फिल्मले उठाएको कथावस्तुमा आधारित रहेर नेपाल-भारत सीमामा काँडेतार लगाउनुपर्ने प्रस्ताव गरेका थिए ।

आइतबार बिहान उनले नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ र नेकपा एमालेका नेता भीम रावलसँग भेटेर फिल्मबारे छलफल गरे । जवाफमा दुई नेताले फिल्मले उठाएको विषयवस्तुमा ऐक्यबद्धता प्रकट गरेको निर्देशक खड्काले जानकारी दिए ।

भेटमा नेपालमा बढ्दो वैदेशिक हस्तक्षेप, चलखेल, षड्यन्त्र र नेपालको राष्ट्रिय स्वाधीनतामाथि देखापरेका संकटबारे छलफल भएको खड्काले जनाए । ‘हामीले निर्माण गरेको राष्ट्रवादी भावधाराको चलचित्र काँडेतारबारे उहाँले चासो व्यक्त गर्नुभयो,’ गुरुङ र रावलको भेटबारे खड्काले फेसबुकमार्फत जानकारी दिएका छन् ।

भारत सीमावर्ती क्षेत्रमा छायांकन गरिएको फिल्म काँडेतारले नेपाल-भारतको १८०० किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमामा काँडेतार लगाउनुपर्ने र अध्यागमन कानुन लागु गर्नुपर्ने विषयवस्तु उठान गरेको छ । खड्का निर्देशित अघिल्लो फिल्म दशगजाले भारतले सीमा अतिक्रमण गरेको मुद्दा उठाएको थियो ।

यी विषयवस्तुप्रति सहानुभूति राख्ने नेताहरु गुरुङ र रावलसँगको खड्काको भेट महत्वपूर्ण छ । दुवै नेताले फिल्मले उठाएका मुद्दाप्रति समर्थन जनाएको पनि खड्काले बताए ।

यति मात्र होइन, साउन २५ गते फिल्मले उठाएका मुद्दाबारे छलफल गर्न गुरुङ र रावलसहित अन्य नेतालाई निम्तो दिएका छन् । राष्ट्रवादी रुझान राख्ने छविका फिल्म निर्माता खड्काले राजनीतिक वृत्तबाट फिल्मको पब्लिसिटी सुरुवात गरिरहेका छन् ।

तर फिल्मको प्रदर्शन मिति भने घोषणा भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?