+
+

विराटनगरको जनता क्याम्पसमा एमएसडब्लू र एमएड पढाइ हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १६:३१

१६ साउन, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पसले एमएसडब्लू (मास्टर इन सोसल वर्क) र मास्टर इन एजुकेसन (एमएड) को अध्यापन सुरु गर्ने भएको छ ।

चालु शैक्षिक सत्रदेखि मानविकी संकाय अन्तर्गत सामाजिक कार्य विषयमा स्नातकोत्तर एमएसडब्लू र शिक्षाशास्त्र संकायमा स्नातकोत्तर एमएड सञ्चालन गर्ने भएको हो ।

सामाजिक कार्य विषयमा ३३ जना र शिक्षामा ६० जना विद्यार्थीलाई अध्यापन गराउने पूर्वाञ्चल विश्वविद्यालयका कला शिक्षा तथा कानुन संकायका डिन प्रा.डा. अनिल पोखरेलले जानकारी दिए ।

पूर्वाञ्चल विश्वविद्यालयले न्यूनतम शुल्कमा दुई विषय अध्यापन गराउने उनले बताए । डिन पोखरेलका अनुसार चार सेमेस्टरको एमएसडब्लूको कोर्षको जम्मा शूल्क एक लाख ६० हजार रुपैयाँ शुल्क लाग्नेछ । एमएडको भने ५५ हजारमा दुई वर्षे कोर्ष अध्यापन हुनेछ ।

त्रिभुवन विश्वविद्यालयले मात्र सञ्चालन गर्दै आएको एमएस डब्लूमा विद्यार्थीको चाप बढेपछि पूर्वाञ्चल विश्वविद्यालयले यो विषयको स्नातकोत्तर तहको अध्यापन गराउने निर्णय गरेको उनले बताए ।

विराटनगर महानगरपालिका १ मा रहेको जनता कलेजले कानून तर्फ स्नातकोत्तर (एलएलएम) पनि सञ्चालन गर्ने तयारी गरेको पोेखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?