+
+

एसपीपीबारे भीम रावलको टिप्पणी : सरकारप्रति धेरै अविश्वास छ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते १४:१२

१९ साउन, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सरकारप्रति धेरै नै अविश्वास रहेको बताएका छन् । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को सन्दर्भमा परराष्ट्रमन्त्री डा. नारायण खड्काको व्यवहारले सरकारप्रति अविश्वास पैदा भएको उनको भनाइ छ ।

राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको आजको बैठकमा रावलले एसपीपीसँग सम्बन्धित कागजात सांसदहरुले माग गर्दा परराष्ट्रमन्त्री खड्काले आफूहरुलाई अविश्वास गरेर नदिएको बताए ।

‘परराष्ट्र मन्त्रीजीले संसदमा दिनुभएको जवाफ मैले सुनें । उहाँले के भन्नुभयो भने सरकारको तर्फबाट पत्र पठाइसकेपछि पत्र माग्नु भनेको सरकारप्रति कताकता अविश्वास हो,’ पूर्वमन्त्री रावलले भने, ‘कताकता होइन, धेरै अविश्वास छ । किनभने अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राममा हामी सहभागी हुँदैनौं भनाउन कति आवाज उठाउनुपर्यो देशमा । संसदमा कति बोल्नुपर्यो । स्वाभाविक रुपमा अविश्वासको वातावरण हुन्छ ।’

उनले अगाडि भने, ‘संसदलाई आफैं पत्र नदिने अनि भन्ने चाहिं सरकारलाई विश्वास नगरेको । उहाँहरुले संसदलाई विश्वास गरेको खैत ? सरकार त संसदप्रति उत्तरदायी हुन्छ नि । संसद सरकारप्रति उत्तरदायी हुँदैन ।’

जनताको जिम्मेवारीबाट आफूहरु यहाँसम्म आइपुगेको बताउँदै उनले आफूहरुले पनि संवेदनशील मन्त्रालय चलाएको र संवेदनशील निर्णयहरुमा सहभागीता जनाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?