+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

आर्थिक रुपान्तरणका लागि सरकारी निजी साझेदारी अभियानमा हस्ताक्षर

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकार तयार छ : मन्त्री बडू

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते २०:०५

२६ साउन, काठमाडौं । सरकार र उद्योग वाणिज्य महासंघ बीच आर्थिक रुपान्तरणका लागि सरकारी निजी साझेदारी अभियानमा हस्ताक्षर भएको छ ।

बिहीबार राजधानीमा आयाेजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र महासंघ बीच समझदारी पत्रमा हस्ताक्षर भएको हाे । अभियानको समझदारी पत्रमा महासंघका अध्यक्ष शेखर गाेल्छा र उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्रालयका तर्फबाट सहसचिव गाेविन्दबहादुर कार्कीले हस्ताक्षर गरे ।

समझदारी अघि अभियानबारे प्रष्ट्याउँदै महासंघका अध्यक्ष शेखर गाेल्छाले निजी क्षेत्रले सम्मान पूर्वक उद्योग र व्यापार गर्ने वातावरण बन्न याे अभियान महत्त्वपूर्ण हुने बताए ।

‘निजी क्षेत्रसँग मिलेर काम गर्न सरकार तयार छ’

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार निजी क्षेत्रसँग सम्पूर्ण विश्वास र जिम्मेवारीका साथ मिलेर काम गर्न तयार रहेको बताए ।

मन्त्रालय र महासंघबीच भएको समझदारीले मुलुककाे आर्थिक र औद्याेगिक वातावरण विकासमा याेगदान पुर्‍याउने उनको भनाइ छ ।

समझदारीले निर्देशक समिति बनाएर सरकारसँग सहकार्य गर्दै नयाँ परिणाम निकाल्ने गरी काम अघि बढ्ने विश्वास मन्त्री बडूले व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?