
१० भदौ, काठमाडौं । क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटाको चौबिसे गाउँपालिका-५ घर भई हाल काठमाडौंको भीमसेनगोलामा बस्ने ३८ वर्षीय शान्त कुमार देवान रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागको टोलीले कागेश्वरी मनहरा नगरपालि काँडाघारीबाट पक्राउ गरेको हो ।
उनले पीडित गोकुल भण्डारीलाई वर्किङ भिसामा क्राएसिया पठाइदिन्छु भनी २ लाख रुपैयाँ रकम ठगी गरेको प्रहरीको दाबी छ ।
पक्राउ परेका देवानलाई थप अनुसन्धान तथा कारबाहीको लागिस वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4