+
+

भैरहवा विमानस्थलबाट कार्गो ढुवानी सेवा सुरु गर्न व्यवसायीले थाले पहल

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १६:३८

१० भदौ, काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट कार्गो ढुवानी सेवा सुरु गर्न व्यवसायीहरुले पहल थालेका छन् । गत २ जेठदेखि सञ्चालनमा आएको विमानस्थलमा कुवेतको एअरलायन्स जजिरा एअरवयजले हप्ताको ३ दिन उडान भरिरहेको छ ।

सो उडान आगामी सेप्टेम्बर महिनाको १५ तारिखदेखि हप्ताको सातै दिन हुने भएपछि व्यवसायीहरुले कार्गो उडानबारे चासो राखेका हुन् । टपलाइन वर्ल्ड वाइड कार्गो र सेक्युर फ्रेट इन्टरनेसनल लगायत कार्गो कम्पनीको एक टोलीले गत साता भैरहवा विमानस्थल र स्थानीय व्यवसायीसँग यसबारे छलफल गरेको छ । छलफलमा भैरहवाबाट काठमाडौं, कुवेत, साउदी अरेबिया हुँदै युरोप, अमेरिका र क्यानाडामा समेत नेपालमा उत्पादित सामान हवाई कार्गो मार्फत पठाउन सकिने व्यवसायीहरुले बताएका थिए ।

‘अब विमानस्थललले व्यवसायिकता हासिल गर्छ, त्यहाँबाट अन्तर्राष्ट्रिय कार्गो ढुवानी थाल्न सकिन्छ भन्ने निष्कर्ष निकालियो,’ सेक्युर फ्रेट इन्टरनेशनलका निर्देशक ईश्वरबहादुर गुरुङले भने,‘स्थानीय व्यवपारीहरु पनि उत्साहित हुनुहुन्छ । ’

यस क्षेत्रको स्वदेशी उत्पादन तथा विदेशबाट आउने सामानहरु भैरहवा मै उपलब्क्ध हुने कुराले स्थानीय उद्योगी व्यवसायीहरु पनि खुसी भएको टपलाइन वर्ल्ड वाइड कार्गोका प्रबन्ध निर्देशक सुनिल श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?