+
+

आईएमईको चाडपर्व लक्षित अफर : ‘आईएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १८:२७

काठमाडौं । आईएमईले सेवाग्राहीहरूलाई लक्षित चाडपर्व विशेष अफर सार्वजनिक गरेको छ । आईएमईले चाडपर्वलाई गरी ‘आईएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ नामक अफर सार्वजनिक गरेको हो । विदेशबाट आईएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसङ मोबाइल उपहार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।

साथै, हरेक हप्ता आईएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँ उपहार प्रदान गरिने छ ।

बुधबार आयोजित अफर सार्वजनिक कार्यक्रमलाईई सम्बोधन गर्दै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कम्पनीले आफ्नो स्थापनाकालदेखि नै यस्तो अफर ल्याउने गरेको भन्दै यस्तो अफर योजनाले सेवाग्राही, व्यावसायिक साझेदार र कम्पनीबीचको त्रिपक्षीय सम्बन्धलाई मजबुत बनाउने विश्वास व्यक्त गरे ।

उनले देशको आर्थिक क्रियाकलापमा रेमिट्यान्सको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै विदेशबाट आउने रेमिट्यान्स बढाउन सबैले अ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताए । रेमिट्यान्स आप्रवाहलाई बढाउन, रेमिट्यान्स पठाउँदा औपचारिक माध्यमबाट नै पठाउन यस्ता अफरहरूको आवश्यकता रहेको उनको भनाइ थियो ।

उनले एक फरक प्रसंगमा गैर आवासीय नेपाली संघसँगको सहकार्यमा निर्माण सम्पन्न भएको २७ मेघावाट क्षमताको दोर्दी खोलाको विद्युतीय उत्पादन मंगलबार मात्रै राष्ट्रिय प्रसारण केन्द्रमा जोडिएकोमा खुसी व्यक्त गर्दै विदेशबाट आउने रेमिट्यान्सलाई यस्तै संघ/संस्थाहरूसँग सहकार्य गरी उत्पादनशील क्षेत्रमा आकर्षित गर्न आईएमई ग्रुप तयार रहेको बताए ।

कम्पनीको ब्राण्ड एम्बासडर दीपकराज गिरीले सधैं जस्तो यसपटक पनि आईएमईको अफरमा सहभागी हुन् सेवाग्राहीहरूलाई आग्रह गरे ।

कम्पनीका भाइस प्रेसिडेन्ट रूद्रराज पौडेलले सधैं आम सेवाग्राहीहरूलाई सरल, सुलभ र विश्वस्तरीय रेमिट्यान्स सेवा प्रदान गर्न आईएमई प्रतिवद्ध रहेको बताउँदै चाडपर्वको समयमा रेमिटेन्स आप्रवाह बढ्ता हुने हुँदा समयमै झन्झटरहित ढंगले रेमिटेन्स सेवा दिन कम्पनीले त्यही अनुरूपको तयारी पूरा गरेको बताए ।

कुल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आईएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य उदेश्यमा आधारित हुने जनाएको छ । उक्त अफर १६ भदौ २०७९ देखि १६ कात्तिक २०७९ सम्म कायम हुने जनाएको छ ।

अफर अवधिका विजेता सिस्टममा आधारित लक्की ड्र मार्फत सार्वजनिक गरिने र नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू तथा मिडिया मार्फत सार्वजनिक गरिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?