+
+

संसदको शून्य समयमा नबोल्ने एमाले सांसद मानन्धरको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते १४:१३

१७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद रामवीर मानन्धरले प्रतिनिधिसभाको शून्य समयमा नबोल्ने घोषणा गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले विगतमा पटक-पटक शून्य समयमा बोलेको तर, बोलेका विषयहरुमाथि सरकारको तर्फबाट जवाफ र सम्बोधन नआएको उल्लेख गर्दै शून्य समयमा उठेका विषयहरुको व्यवस्थित जवाफ नआउँदासम्म शून्य समयमा नबोल्ने घोषणा गरेका हुन् ।

‘मैले यो जिरो आवरमा धेरै पटक उठाएका कुराहरुको जवाफ समिति बनाउने अभियान थियो त्यसका कुनै अचित्यतता रहेन । जिरो हावरमा उठेका कुराहरुको केही हुँदैन भने जिरो आवरको एक मिनेट भएपनि हामी किन नजोगाउने ?’ मानन्धरको प्रश्न छ ।

यसैमा उनी थप्छन्, ‘सभामुख मार्फत म यो जानकारी गराउन चाहन्छु– उठाएका कुराहरुको जबसम्म व्यवस्थित जवाफहरु आउँदैनन तबसम्म बोलेर औचित्य नभएको जिरो आवरमा म अब अर्को पटकदेखि नबोल्ने जानकारी गराउन चाहन्छु ।’

प्रतिनिधिसभा नियमावलीमा शून्य र विशेष समय सम्बन्धी व्यवस्था छ । जसअनुसार सांसदले शन्ूय समय र विशेष समय आवश्यक महसुस गरेका समसामयिक विषय प्रस्तुत गर्न सक्छन् । ‘शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले पाँच दिनभित्र सभामुख मार्फत सदनलाई उपलब्ध गराउनु पर्नेछ’ प्रतिनिधिसभा नियमावलीको नियम १५ मा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?