
१७ भदौ, काठमाडौं । प्रहरीले अफगानिस्तान पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका-२१ गितानगर घर भई हाल काठमाडौंको बसुन्धारामा बस्दै आएका ३९ वर्षीय रविन अधिकारी भन्ने रविन्द्र अधिकारी रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बसुन्धाराबाट पक्राउ गरेको हो ।
उनले पीडितहरुबाट प्रतिव्यक्ति १ लाखका दरले ८ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4