+
+

ल्‍यापटप खरिद गर्ने बहाना बनाई ठगी गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते १९:४७

१९ भदौ, काठमाडौं । प्रहरीले ल्‍यापटप खरिद गर्ने बहाना बनाई ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-११ तौमडीका ३२ वर्षीय प्रविन किजु रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले  पीडितलाई १ लाख ४८ हजार पर्ने एप्पलको म्याकबुक एयर खरिद गर्ने बहनामा खाली चेक दिएको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीमाथि आवश्‍यक कानुनी कारबाहीको लागि काठमाडौं जिल्ला परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?