
२७ भदौ, काठमाडौं । प्रहरीले नक्कली पेस्तोल देखाई लुटपाट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-६ घर भई हाल काठमाडौंको हाडीगाउँ बस्ने ४९ वर्षीय बाल सुन्दर सापकोटा र २० वर्षीय अर्जुन कार्की छन् ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हाँडी गाउँबाट पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट मोबाइल, २ वटा नक्कली पेस्तोल, स्मार्ट घडी र केही नगद बरामद गरेको छ ।
उनीहरुले हामी प्रहरी हौ भन्दै पेस्तोल देखाइ लुटपाट गरेको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनीहरुमाथि डाँका कसूरमा आवश्यक कारबाहीको लागि प्रहरी वृत बानेश्वरमा पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4