+
+

दराजबाट सामान खरिद गर्दा सानिमा बैंकका ग्राहकलाई विशेष छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १६:५०

काठमाडौं । सानिमा बैंक लिमिटेडका ग्राहकले दराजबाट सामान खरिद गर्दा विशेष छुट पाउन भएका छन् । ‘दशैं धमाका’ योजना अन्तर्गत दराजबाट सामान खरिद गरेवापत सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्ने ग्राहकहरुले विशेष छुट पाउने भएका हुन् ।

डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २ हजारसम्म छुट प्रात गर्ने छन् भने क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २ हजार ५०० रुपैयाँसम्मको छुट प्राप्त गने बैंकले जनाएको छ ।

योजनामा सहभागी हुने ग्राहकहरुलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्ने हुन्छ । यस्तै क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यो योजना २९ भदौ २०७९ देखि ११ असोजसम्म लागू हुने छ । यस्तै सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई मासिक किस्ताबन्दी सुविधा लिदा ५०० रुपैयाँ क्यासब्याक पनि प्रदान गर्ने भएको छ । क्यासब्याक योजना १ असोजदेखि ३० कात्तिक २०७९ सम्म लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?