+
+

कांग्रेसको समानुपातिक उम्मेदवार टुंग्याउन बालुवाटारमा ७ ठाउँमा छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३ गते १३:३१

३ असोज, काठमाडौं । समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्दसूची टुंगो लगाउन नेपाली कांग्रेसका नेताहरु छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसिरहेको बैठकमा दिउँसो १ बजेसम्म नामहरुमा सहमति जुट्न सकेको छैन । बैठकमा सहभागी एक नेताका अनुसार सात प्रदेशको छुट्टाछुट्टै बैठक बसिरहेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा दुबैतर्फका उम्मेदवार सोमबार नै बुझाउनुपर्ने भएकाले नेताहरु छलफलमा जुटेका हुन् ।

प्रदेशका शीर्ष नेता, केन्द्रीय सदस्य, प्रदेश सभापतिहरु सम्मिलित बैठक छुट्टाछुट्टै बसिरहेको छ । प्रदेशसभाको समानुपातिक सूचीमा सहमति जुटेपछि प्रतिनिधिसभाको बन्दसूची टुंगो लगाउन पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने एक नेताले जानकारी दिए । कार्यसम्पादन समितिले नाम टुंगो लगाएपछि निर्वाचन आयोगमा बुझाइने ती नेताले बताए ।

शीर्ष तहका नेताहरुको बैठक चार दिनदेखि बसिरहेपनि नाममा सहमति जुट्न सकेको छैन । दलहरुले समानुपातिक तर्फको नाम समावेशीताका आधारमा बुझाउनुपर्दछ । बन्द सूचीमा महिलाको संख्या ५० प्रतिशत अनिवार्य गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?