
हेटौंडा अस्पतालमा घाइतेको उपचार गरिँदै ।
६ असोज, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा भएको यात्रु बस दुर्घटनामा मृत्यु हुने २ जनाको सनाखत भएको छ । अरु ५ जनाको अझै सनाखत भएको छैन ।
सनाखत हुनेमा नुवाकोटका ३४ वर्षीय रघुराज न्यौपाने र बाराको झिप्कैयाका ३३ वर्षे अन्दुवा मियाँ ठकुराई रहेका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।
काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका २६ जना मध्ये २३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । ३ जनालाई थप उपचारका लागि भरतपुर पठाइएको घिमिरेले बताए ।
ओरालो बाटोमा माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4