+
+

गुगलको फोनमा टेलिकमको ई–सिम हाल्दा समस्या

नेपाल टेलिकमले वितरण थालेको ई–सिमले केही मोबाइलहरुमा समस्या देखाएको छ । ३१ भदौदेखि टेलिकमले ई–सिम वितरण थालेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते २०:०६

६ असोज, काठमाडौं । नेपाल टेलिकमले वितरण थालेको ई–सिमले केही मोबाइलहरुमा समस्या देखाएको छ । ३१ भदौदेखि टेलिकमले ई–सिम वितरण थालेको थियो ।

तर, कतिपय कम्पनीका सेटमा ई–सिम इन्स्टल गर्दा सेटमा नै भौतिक सिम समेत नचल्ने र फोनको अपरेटिङ सिस्टम नै बिग्रने समस्या देखिएको छ ।

यस्ता समस्या देखिएका मोबाइल सेटमा आईएमईआई नम्बर नै देखिएको छैन । टेलिकमको ई सिमका लागि क्यूआर स्क्यान गरेपछि फोनमै समस्या देखिएपछि धेरै सेवाग्राही मर्कामा परेका छन् ।

यो कस्तो समस्या हो भन्ने नेपाल टेकिलमले पनि पत्ता लगाउन सकेको छैन । टेलिकमका प्रवक्ता शोभन अधिकारी गुगल पिक्सेल ६ फोनमा यस्तो समस्या देखिएको बताउँछन् ।

‘हामीले यो समस्या समाधानका लागि प्रयास थालेका छौं,’ उनले भने, ‘गुगलको एउटा मोडलमा यस्तो समस्या देखिएको छ ।’ कतिपय सेटमा ई–सिम सपोर्ट नगर्ने समस्या पनि देखिएको छ ।

ई–सिमको सफ्टवेयरले डिभाइस नै ‘करप्ट’ हुने समस्या देखिएपछि कतिपय सेवाग्राही पीडित भएका छन् । यस्ता सेटमा सिम कार्ड नचल्ने तर, वाइफाइ भने सपोर्ट गर्ने समस्या छ ।

टेलिकमका प्रवक्ता अधिकारीका अनुसार गुगलको फोनमा देखिएको समस्या समाधानका लागि प्राविधिक टिम सक्रिय भइसकेको छ । ‘अरु फोनमा समस्या छैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?