+
+

चन्दा बाकस राखेर रवीन्द्र मिश्रले घोषणा गरे उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १४ गते १३:३२

१४ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

राप्रपासँग एकता गरेको दुई दिनपछि नै शुक्रबार मिश्रले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । मिश्रको उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको उपस्थित भए  । मिश्रले मञ्चमा एक छेउमा चन्दा बाकस पनि राखेका छन् ।

उनी २०७४ मा पनि यही क्षेत्रबाट उम्मेदवार बनेका थिए । विवेकशील साझा पार्टीबाट उम्मेदवार रहेका मिश्रले १० हजार ११८ मत पाएका थिए भने नेपाली कांग्रेसका प्रकाशमान सिंह १० हजार ९३६ मतका साथ निर्वाचित भएका थिए ।

यो पटक पनि मिश्रको प्रतिस्पर्धी सिंह नै हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?