+
+

सुखद ओपनिङ गरेको ‘दुई नम्बरी’लाई मल्टिप्लेक्समा शनिबार पनि राहत

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २२ गते १२:४१

काठमाडौं । दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म ‘दुई नम्बरी’ले घरेलु बक्सअफिसमा सुखद ओपनिङ गरेको छ । पहिलो दिन देशब्यापी अकुपेन्सी ७० प्रतिशत हारहारीमा रह्यो ।

सुखद समीक्षाको कारण फिल्मलाई दोस्रो दिन शनिबारको सार्वजनिक बिदाले राहत दिने देखिएको छ । मल्टिप्लेक्समा शनिबार फिल्मको अकुपेन्सी ६० देखि ९० प्रतिशत हारहारीमा छ । ‘विन्डो सेल’को अनुपात हेर्दा फिल्मको कमाइ अझै उच्च हुनसक्छ ।

फिल्म हेरेका दर्शकले यसलाई मनोरञ्जक भनेपनि समीक्षकमाझ फिल्मलाई लिएर मिश्रित प्रतिक्रिया छ । मल्टिप्लेक्समा उल्लेखनीय शोज प्राप्त गरेकाले पनि फिल्मको कलेक्सनमा फाइदा पुग्यो ।

प्रस्तुतकर्ता किरण नेपालीले करोडभन्दा बढी हारहारीमा फिल्मले ओपनिङ गरेको बताएपनि फिल्मको आधिकारिक कलेक्सन सार्वजनिक भैसकेको छैन । बलियो ‘वर्ड अफ माउथ’ प्राप्त भए फिल्मले दोस्रो सप्ताहन्त पनि आफूलाई अघि लैजान सक्छ ।

लोकप्रिय सिरिज ‘कबड्डी ४’का अधिकांश कलाकारहरु कास्ट भएको र ग्रामिण कथावस्तुमा चाख राख्ने दर्शकको स्वादको कारण ‘दुई नम्बरी’लाई दर्शकको साथ मिल्ने आशा छ ।

दीपेन्द्र लामा निर्देशित फिल्मले दुईजना एमोच्योर शिकारीको कथा भन्छ । उनीहरुको जीवनमा युवतीको प्रवेश भएपछि आउने व्यक्तिगत र सामाजिक उतारचढावको कथा यसले पेश गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?