+
+
Shares

अब ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्ने हो : गगन थापा

‘ड्राइभिङ सिटमा अब आफैं बस्ने हो । अब आउने पाँच वर्ष आफैं ड्राइभिङ सिटमा बसेर मूल दायित्व लिने प्रयत्न गर्ने हो । फल कस्तो आउँछ, समयले बताउला,’ थापाले भने ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १६:४१

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन पछि सरकारको मूल नेतृत्वको दाबी गर्ने बताएका छन् ।

काठमाडौं ४ बाट उम्मेदवार दर्तापछि पत्रकारसँग कुरा गर्दै सरकारको नेतृत्व लिएर मुलुक हाँक्ने उनले बताएका छन् । ‘ड्राइभिङ सिटमा अब आफैं बस्ने हो । अब आउने पाँच वर्ष आफैं ड्राइभिङ सिटमा बसेर मूल दायित्व लिने प्रयत्न गर्ने हो । फल कस्तो आउँछ, समयले बताउला,’ थापाले भने ।

निर्वाचन क्षेत्रका नियमित दायित्वका विषयसँगै सरकार तथा पार्टीको मूल नेतृत्व दाबी गर्ने समय आफ्नो लागि आएको उनले बताए । जोश र आवश्यक अनुभव भएकाले मूल नेतृत्वमा दाबी रहेको उनले बताए ।

काठमाडौं क्षेत्र नम्बर ४ ले आफूलाई पहिचान दिएको उल्लेख गर्दै भने,  ‘यो ठाउँबाट प्रतिनिधित्व गर्न पाउँदा मलाई गौरव लाग्छ। यहाँको माटोले मलाई बाँधेको छ। यो क्षेत्रका लागि मैले गर्ने भन्दा पनि यो ठाउँलेनै मलाई धेरै पहिचान दिएको छ। हुर्कन दिएको छ। त्यसैले अन्तबाट निमन्त्रणा हुँदा पनि गइनँ ।’

थापाले यसै क्षेत्रबाट २०७० र २०७४ मा निर्वाचित भएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?