+
+
Shares

जोरपाटी साँखु सडक दुई वर्षमा स्तरोन्नति गर्न नसके राजीनामा दिने ओनसरीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १५:३७

३० असोज, काठमाडौं । काठमाडौं- २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओनसरी घर्ती मगरले जोरपाटी–साँखु सडक दुई वर्षमा स्तरोन्नतिको कार्य सम्पन्न गर्न नसके राजीनामा दिने घोषणाी गरेकी छन् ।

काठमाडौं उपत्यकामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेकी हुन् । उनले भनेकी छन्, ‘जोरपाटी–साँखु सडको स्तरोन्नति तथा सम्पन्न गराउने काम जसरी ढिलाई भएको छ । म घोषणा गर्न चाहन्छु– आगामी दुई वर्षमा यदि त्यो कार्य मैले सम्पन्न गर्न सकेन भने म राजीनामा गर्छु ।’

साँखु बजार र साली नदीको पर्यटकीय स्थलका रुपमा विकास गर्ने, जर्सिङपौवालाई संग्राहालयका रुपमा विकास गर्ने उनको प्रतिवद्धता छ । दक्षिणढोका, मुलपानी लगायतका क्षेत्रमा रहेको डुबानको समस्या समाधानका लागि योजना बनाएर काम गर्ने उनको घोषणा छ ।

मूलपानीमा निर्माणिधिन क्रिकेट रंगशाला छिट्टै सम्पन्न गर्न भूमिका खेल्ने, एयरपोर्ट निर्माणका क्रममा समस्यामा परेकाहरुको समस्या समाधानका लागि पहल गर्ने, कोटेश्वरको जाम हटाउन पहल गर्ने, नाङलेभारेमा कृषि तथा वन विज्ञान कलेज स्थापनालाई मूत रुप दिएर अगाडि बढाउने उनको प्रतिवद्धता छ ।

युवालाई रोजगारी बृद्धि, खेलकुदमा आर्कषण बढाउने, तरबारी उत्पादन र बजारीकरणका लागि योजना बनाएर काम गर्ने, महिला अधिकार हकहितका लागि काम गर्ने लगायतका उनको प्रतिवद्धता छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?