+
+

आजदेखि नेपाल युरोपियन फिल्म फेस्टिभल, १३ युरोपेली र ३ नेपाली फिल्म देखाइने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ११ गते १०:४४

काठमाडौं । अभिनेत्री केकी अधिकारीले युरोपियन फिल्म हेर्नु भनेको सस्तोमा युरोप घुम्नुसरह भएको बताएकी छन् । नेपाल युरोपियन फिल्म फेस्टिभलको सद्भावना दूत रहेकी केकीले फिल्म महोत्सव संसारका फिल्म मेकिङको कौशल जान्ने सुवर्ण अवसर भएको भन्दै नेपाल युरोपियन फिल्म फेस्टिभलले दर्शक तथा फिल्मकर्मीलाई त्यो मौका उपलब्ध गराउने बताइन् ।

उनले फिल्म हेरिरहँदा युरोपका ठाउँसँगै युरोपको कला संस्कृतिसँग पनि साक्षात्कार हुने अवसर पाइने भएकाले आफूले यसलाई विना पैसा वा सस्तोमा युरोप घुम्ने मौकाका रुपमा लिएको बताएकी हुन् ।

नेपाल युरोपियन फिल्म फेस्टिभलको ११ औं संस्करण काठमाडौंमा आज (शुुक्रबार)बाट सुरु हुँदैछ । अनलाइन र भौतिक दुवै माध्यमबाट सञ्चालन हुने फेस्टिभल यो पटक काठमाडौं र सुर्खेत गरी दुई ठाउँमा सञ्चालन हुनेछ ।

‘म आफैं पनि व्यावसायिकसँगै महोत्सव केन्द्रित फिल्म बनाइरहेकी छु । त्यसैले पनि यो महोत्सवलाई मैले उत्सुकतापूवर्क लिएकी छु,’ उनले भनिन् ।

महोत्सवमा १३ वटा प्रतिष्ठित अवार्ड प्राप्त युरोपियन फिल्महरु देखाइँदैछन् । म सुटिङ वा यसको तयारीबाट फुर्सद मिलाएर पनि सबै फिल्म हेर्ने योजनामा छु,’ उनले भनिन् ।

केकीले केही दिनअघि मात्र ‘प्रसाद २’ साइन गरेकी छिन् जसको सुटिङ मंसिरको पहिलो साताबाट हुँदैछ । केकीले फेस्टिभलमा युरोपियनसँगै नेपाली फिल्म पनि देखाइने भएकाले नेपाली फिल्म पनि युरोपियन दर्शकसम्म पुगिरहेको बताइन् ।

‘महोत्सवमा नेपाली फिल्म पनि देखाइँदैछन्, जुन युरोपका दर्शकले पनि हेर्नुहुँदैछ । यसले नेपाली कला संस्कृति त उता पुग्छ नै कालान्तरमा यसले सहकार्यको ढोका पनि खोल्न सक्छ,’ केकीले भनिन् ।

फेस्टिभल कात्तिक ११ देखि १५ गतेसम्म हुनेछ । महोत्सवमा १३ युरोपेली र ३ नेपाली चलचित्र प्रदर्शन हुने आयोजकले जनाएको छ । फिल्म फेस्टिभलको यो संस्करण काठमाडौंसँगै पहिलोपल्ट सुर्खेतमा पनि हुँदैछ ।

सुर्खेतको मध्यपश्चिम विश्वविद्यालयमा चार दिन चल्ने फिल्म महोत्सवमा ५ युरोपियन र ३ नेपाली फिल्म प्रदर्शन हुनेछन् । यसरी प्रदर्शन हुने तीन नेपाली फिल्ममा सुजित बिडारी लिखित तथा निर्देशित ‘ऐना झ्यालको पुतली’ पनि रहेको छ । महोत्सव कात्तिक १९ मा सुरु भएर २२ गते सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?