+
+

डडेलधुरा कांग्रेसका २ पूर्व जिल्ला सभापतिको समर्थन कर्ण मल्ललाई

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते १४:२८

१७ कात्तिक, डडेलधुरा । नेपाली कांग्रेस डडेलधुराका २ पूर्व जिल्ला सभापतिले आगामी चुनावमा कर्ण मल्ललाई समर्थन गर्ने घोषणा गरेका छन् ।

कांग्रेस डडेलधुराका पूर्व जिल्ला सभापति शेरबहादुर ढाँट र रामचन्द्र चटौतले पार्टीका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको साथ छाडेर मल्ललाई समर्थन गरेका हुन् ।

ढाँट र चटौतले आगामी चुनावमा प्रतिनिधि सभाका उम्मेदवार कर्ण मल्ल र प्रदेश सभा २ का उम्मेदवार ताराप्रसाद जोशीलाई जिताउन लाग्ने बताएका छन् । कांग्रेसका पूर्व जिल्ला सभापति रहेका मल्ल नेपाली कांग्रेस वीपीबाट देउवाविरुद्ध चुनावमा उठेका छन् ।

संयुक्त विज्ञप्तिमा उनीहरुले डडेलधुरामा कांग्रेस र शेरबहादुर देउवाका नामबाट केही सिमित व्यक्तिहरुले आम जनतामाथि जनताकै मतप्राप्त गरी गर्ने अन्याय, अत्याचार शोषण र दमनबाट मुक्त गराउन मल्ला र जोशीलाई समर्थन गरेको बताएका छन् ।

उनीहरुले विज्ञप्तिमा भनेका छन्, ‘वीपी कोइरालाले भनेजस्तै ‘कांग्रेस पार्टी सत्तामा गइसकेपछि सुकिलमुकिला पार्टीभित्र हावी हुने छन् र सच्चा कार्यकर्ताहरुले पुन संघर्ष गर्नु पर्नेछ’ भन्ने मान्यता डडेलधुरामा हुबहु लागु भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?