+
+

रुकुम पूर्वबाट माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १४:३६

७ मंसिर, रुकुमपूर्व । रुकुम पूर्वबाट सत्तारुढ गठवन्धनवाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर १२ हजार २६२ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्ललाई ७ हजार ४१ मतान्तरले हराउदै घर्तीमगर विजयी भएका हुन् ।

नेकपा एमालेका उम्मेदवार मल्लले ५ हजार २२१ मत प्राप्त गरेका छन । लुम्बिनी प्रदेशका निवर्तमान सभामुख समेत रहेका घर्तीको संघीय संसदमा भने यो पहिलो प्रवेश हो ।

प्रदेश सभामा स्वतन्त्र र कांग्रेसले जिते

प्रदेश सभा १ मा स्वतन्त्र उम्मदवार सुरुल पुन ४ हजार ४६५ मतका साथ विजयी भएका छन । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका तेजबहादुर वलीलाई ५३३ मतान्तरले पराजित गरेका छन । लोकतान्त्रिक वाम गठवन्धनका साझा उम्मेदवार वलीले ३ हजार ९३२ मत प्राप्त गरेका छन ।

रुकुम पूर्वकै प्रदेश सभा २ मा भने नेपाली कांग्रेसका धनवहादुर केसी ४ हजार ८६२ मतका साथ विजयी भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार केसीले स्वतन्त्र उम्मेदवार नरहरि खड्कालाई २ हजार ६१८ मतान्तरले हराएका छन् । स्वतन्त्र उम्मेदवार खड्काले २ हजार २४४ मत प्राप्त गरेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?