
२२ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वटा सामूहिक लगानी योजनालाई झण्डै ३ अर्बको सार्वजनिक निष्कासनका लागि स्वीकृति दिएको छ ।
बोर्डले १८ मंसिरमा एनआईबीएल ग्रोथ फण्ड र १९ मंसिरमा सनराइज फोकस एक्विटी फण्डका इकाइहरु सार्वजनिक निष्कासनका लागि स्वीकृति दिएको हो । बोर्डका अनुसार दुवै सामूहिक लगानी योजनाले कुल २ अर्ब ८० करोडको सार्वजनिक निष्कासन गर्न पाउने छन् ।
एनआईबीएल एस क्यापिटलले योजना व्यवस्थापन गर्ने गरी एनआईबीएल ग्रोथ फण्ड नामक १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाइ निष्कासनको स्वीकृति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।
यस्तै सनराइज क्यापिटल योजना व्यवस्थापक रहने गरी सनराइज फोकस इक्विटी फण्डको इकाइ निष्कासन गर्ने स्वीकृति बोर्डले दिएको हो । सनराइज फोकस इक्विटी फण्डको १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाइ निष्कासन गर्ने अनुमति पाएको हो ।
प्रतिक्रिया 4