+
+

पाँच वर्षपछि एक्सिस ब्याण्डको ‘सोल्डआउट’ कन्सर्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २२ गते १८:११

काठमाडौं । रक ब्याण्ड एक्सिसले पाँच वर्षपछि काठमाडौंमा ‘सोल्ड आउट कन्सर्ट’ गरेको छ । कतारमा जारी विश्वकप फुटबलको माहोलबीच यो चर्चित घरेलु ब्याण्डले दर्शकलाई मनोरञ्जन गरायो ।

पीभीई नेटवर्कको प्रस्तुति तथा यति ब्लोण्डेको सहकार्यमा आयोजना गरिएको कन्सर्टमा एक्सिसको गीत सुन्न दर्शकको हाउसफुल उपस्थिति थियो । कन्सर्टको शुभारम्भ झिल्के एण्ड द कम्पनीले गरेको थियो ।

झिल्के एण्ड द कम्पनीले आफ्नो नयाँ तथा पुराना गीत प्रस्तुत गरिरहँदा दर्शक सांगीतिक माहोलमा रमाइसकेका थिए । सो प्रस्तुतिपछि स्टेजमा देखिएको एक्सिसले दर्शकलाई नचाएन मात्र आफ्नो गीतमा उसले ‘वान्स मोर’ उत्तिकै पायो ।

ब्याण्डका प्रमुख गायक सन्दीप विश्वकर्माले ‘तिमी फेरि आउन’ बोलको गीतबाट आफ्नो प्रस्तुति सुरु गरेका थिए । यो गीत सुन्दा दर्शक नोस्टाल्जिकसँगै सांगीतिक माहौलमा झुम्न तयार भइसकेका थिए ।

ब्याण्डले ‘सात समुन्द्र’, ‘मुस्कान’, ‘एक चोटी’, ‘हे मोरी’, ‘अधुरो प्रेम’लगायतका चर्चित गीत सुनाएको थियो । केही दिनअघि सार्वजनिक नयाँ गीत ‘च्याङ्बा’लाई ब्याण्डले छुटाएन । ब्याण्डले १२ गीतमार्फत दर्शक झुमाएको थियो । आगामी महिना नयाँ गीत ल्याउने उसको तयारी छ । यसबाहेक सन् २०२३ मा नेपालसँगै विश्व भ्रमण गर्ने योजना पनि बनाएको छ ।

ब्याण्डले हालसम्म ‘ब्ल्याक एण्ड ह्वाइट (२००३)’, ‘माफ गरिदेऊ (२००९)’ र ‘घर गाउँ (२०१७)’ तीन एल्बम बजारमा ल्याइसकेको छ । ब्याण्डमा सन्दीपसहित लिड गितारमा बिर्जु कर्माचार्य, गितारमा विक्रम मानन्धर, बेस गिटारमा सजिन महर्जन र ड्रममा कविन शाक्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?