
२३ मंसिर, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन सत्ता गठबन्धनसँग रेशमलाल चौधरीलगायतका नेताको रिहाइको माग गरेको छ ।
शुक्रबार दिउँसो काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौंधरीलगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरेको पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन् ।
उनले अनलाइनखबरसँग भनिन्, ‘पार्टीका संस्थापक रेशम चौंधरीलगायत नेता कार्यकर्तालाई जेलबाट रिहाइ गरे मात्रै हामी सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा लाग्छौं।’
पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठसहित नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ३ सिटमा विजय हासिल गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4