+
+

रास्वपाले टुंग्यायो समानुपातिक सांसद, को को परे ?

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २४ गते १५:३३

२४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक पद्धतिबाट पाएका १३ जना सांसद चयन गरेको छ ।

प्रवक्ता मुकुल ढकालका अनुसार दलितबाट सन्तोष परियार र शिव नेपाली, आदिवासी जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ, खस आर्यबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल । निशा डाँगी, विनिता कठायत चयन भएका छन् ।

त्यस्तै मधेशीबाट लक्ष्मी तिवारी र मनिष झा, थारुबाट अशोक चौधरी र मुस्लिमबाट असिम साह छनोट भएका प्रवक्ता ढकालले बताए ।

रास्वपाले यसअघि नै समानुपातिक पद्धतिबाट चयन हुनेहरुको नाम करिब टुंग्याएको थियो । तर प्राइमरीमा धेरै मत पाउनेहरु नपरेको भन्दै विरोध भएपछि शनिबार बसेको केन्द्रीय समिति बैठकले प्राइमरीमा धेरै मत पाएकाहरुलाई नै चयन गरेको प्रवक्ता ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?