+
+

देशभर जाडो बढ्यो, तराई मधेशका जिल्लामा हुस्सु कुहिरो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २५ गते ८:४२

२५ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । दिउँसो घाम लागे पनि बिहान र बेलुकाको समयमा अत्यधिक चिसो महसुस हुने गरेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तापक्रम घट्दै जाने भएकाले चिसो थप बढ्ने छ ।

महाशाखाका अनुसार देशका मध्य, मध्यपश्चिम र पूर्वी तराई/मधेशका जिल्लाहरुमा हुस्सु र कुहिरो लाग्न थालेको छ । कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, मोरङ, सुनसरी र झापामा बिहानपख हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरो मध्याह्नसम्ममा भने क्रमिक रुपमा हट्दै जाने गरेको महाशाखाले जनाएको छ ।

हुस्स-कुहिरोसँगै चिसो पनि बढ्दै जाने भएकाले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रहसमेत गरेको छ । गत चौबिस घण्टामा काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसमा झरेको छ ।

हाल नेपालमा उल्लेख्य मौसमी प्रणाली भने छैन । त्यसैले देशभरको मौसम सामान्यतया सफा छ । आइतबार र सोमबार देशभरको मौसम सफा रहने छ । मंगलबार भने प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?