+
+

एनसीसीसँग मर्जरपछि कुमारी बैंकको एकीकृत कारोबार सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १८:२०

१७ पुस, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडलाई प्राप्ति (मर्जर) गरेपछि कुमारी बैंक लिमिटेडले आइतबारदेखि एकीकृत वित्तीय कारोबार सुरु गरेको छ । यी दुवै बैंक १ः१ सेयर अनुपातमा मर्जरपछि कुमारी बैंक लिमिटेडको नाममा सञ्चालन हुने सहमति भएको थियो ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जबरा र (साविक) नेपाल क्रेडिट एण्ड कमर्स बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपाने संयुक्त रुपमा एकीकृत कारोबारको उद्घाटन गरेका छन् ।

मर्जरसँगै चुक्ता पूँजी २६ अर्ब २३ करोड रूपैयाँ, कूल निक्षेप ३ खर्ब २ अर्ब रुपैयाँ र कर्जा २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

कार्यक्रममा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले नेपालको हालको आर्थिक परिस्थिति र अर्थतन्त्रलाई गतिशील बनाउन यो मर्जर उपलब्धि मुलक हुने बताए ।
यो मर्जर निकै सुखद् र सकारात्मक कदम रहेको भन्दै उनले सेवाग्राहीका लागि आगामी दिनमा आकर्षक सुविधाहरू ल्याउने बताए ।

मर्जरपछि कुमारी बैंकले ४१५ वटा स्थानहरूबाट सेवा प्रवाह गर्नेछ । जसमा ३०६ वटा शाखा कार्यालय, ४७ एक्स्टेन्सन काउन्टर र ६२ वटा शाखारहित बैंकिङ्ग इकाइहरू तथा एटीएम संख्या ३४५ रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?