+
+
प्रविधि :

युट्युबबाट भिडियो डाउनलोड कसरी गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १७:२९

काठमाडौं । भिडियो स्ट्रिमिङ प्लाटफर्म युट्युबले प्रयोगकर्तालाई अफलाइनमा भिडियो हेर्नका लागि भनेर भिडियो डाउनलोड गर्ने सुविधा प्रदान गरेको हुन्छ । यद्यपि यसमा केही सीमाहरु भने हुन्छन् । स्मार्टफोन प्रयोगकर्ता जो युट्युबको निशुल्क प्रयोगकर्ता हुन् उनीहरुका लागि ७२० पिक्सेल रिजोलुसनमा युट्युब भिडियो डाउनलोड गर्ने सुविधा हुन्छ ।

जबकि प्रिमियम प्रयोगकर्ताले भने पूर्ण रिजोलुसनमा भिडियो डाउनलोड गर्न सक्दछन् । युट्युब भिडियो डाउनलोडको सुविधा स्मार्टफोनमा जस्त डेस्कटपमा पनि रहेको छ । यद्यपि सबै युट्युब भिडियोहरु डाउनलोड गर्न भने सकिँदैन । सेट गरिएका तथा युट्युब च्यानलबाटै Private viewing निस्क्रिय पारिएका भिडियोहरु डाउनलोड गर्न सकिँदैन ।

स्मार्टफोनमा युट्युब भिडियो कसरी डाउनलोड गर्ने ?

  •  युट्युबका निशुल्क प्रयोगकर्ताहरुले आफ्नो मोबाइल फोनमा डाउनलोड गरेको युट्युब भिडियो केवल ४८ घण्टासम्म मात्र रहन्छ र त्यसपछि पनि उक्त भिडियोलाई अफलाइनमा हेर्न चाहनुहुन्छ भने तपाइँले आफ्नो फोनलाई इन्टरनेटको पहुँचमा राख्नुपर्ने हुन्छ ।

इन्टरनेटको उपलब्धतामा युट्युबले उक्त भिडियोमा भएको परिवर्तन वा भिडियो उपलब्ध रहे नरहेको जाँच गर्दछ र पुनः अफलाइन भ्यू का लागि उपलब्ध गराइदिन्छ । आफ्नो स्मार्टफोनमा युट्युब भिडियो डाउनलोड गर्नका लागिः

  •  युट्युब खोल्नुहोस् र आफुले डाउनलोड गर्न चाहेको भिडियोमा जानुहोस्
  •  भिडियो भन्दा तल रहेको तिनवटा थोप्लावाला आइकनमा थिच्नुहोस् र Download Video अप्सनमा थिच्नुहोस् ।
  •  भिडियो डाउनलोड भैसकेपछि त्यसलाई तपाइँले Library भित्रको Downloads खण्डभित्र पाउन सक्नुहुन्छ ।
  • तपाइँले Setting भित्र रहेको Download मा गएर Download Quality पनि परिवर्तन गर्न सक्नुहुन्छ ।

डेस्कटपमा युट्युब भिडियो डाउनलोड गर्नका लागिः

  • आफ्नो ब्राउजरमा युट्युब खोल्नुहोस् । तपाइँले प्रयोग गरिरहेको ब्राउजर सबैभन्दा पछिल्लो अपडेटेड भर्सन भएको एकिन गर्नुहोस् ।
  •  युट्युबमा आफूले डाउनलोड गर्न चाहेको भिडियोमा जानुहोस् । भिडियो भन्दा तल रहेको तिनवटा थोप्लायुक्त आइकनमा जानुहोस् र त्यसमा रहेको Download मा क्लिक गर्नुहोस् ।
  • भिडियो डाउनलोड भैसकेपछि सो भिडियो बायाँपट्टिको मेन्यूभित्र Download खण्डमा रहन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?