+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रास्वपाले अन्य दलसँग विश्वासको मत माग्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १९:१४

२४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनका लागि अन्य दललाई आग्रह गर्ने भएको छ ।

पार्टीको आज आइतबार बसेको संसदीय दलको बैठकमा आफू पनि सरकारमा भएका कारण यो सरकारलाई विश्वासको मत दिन अन्य दललाई आग्रह गर्ने निर्णय भएको सांसद सन्तोष परियारले जानकारी दिए ।

‘हामीहरु पनि सरकारमा भएकाले विश्वासको मत माग्नु हाम्रो पनि जिम्मेवारी हो भन्ने कुरा बैठकमा भयो,’ उनले भने, ‘हामीले अन्य दलसँग विश्वासको मत माग्ने छौं ।’प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदै छन् ।

बैठकमा पार्टीका सभापति रवि लामिछानेले न्युनतम साझा कार्यक्रममा बारेमा जानकारी दिएका थिए ।

आफूहरुले चुनावमा राखेको प्रतिवद्धता पत्रका कुराहरु न्युनतम साझा कार्यक्रममा समावेश भएको निष्कर्ष निकाल्दै बैठकले अब यसको कार्यान्वयमा ध्यान दिने उनले बताए ।

सरकारमा सहभागी भइसकेपछि पार्टीका सांसदहरुले आफ्नो जिल्लामा पाएका प्रतिक्रिया बैठकमा सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?