+
+

प्रभु साहको प्रश्न : उपप्रधानमन्त्रीको झुण्डले देशमा सुशासन ल्याउँछ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ७ गते १६:५८

७ माघ, काठमाडौं । स्वतन्त्र सांसद प्रभु सशाहले यति धेरै उपप्रधानमन्त्री के का लागि चाहिएको भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरलाई समर्थन गर्दै उनले पदहरु आवश्यकताका आधारमा सृष्टि गर्नुपर्ने बताए ।

‘अहिले बनेका उपप्रधानमन्त्रीज्यूहरु, के यति जरुरी थियो ? के आवश्यकताको कोणबाट यति उपप्रधानमन्त्री बनाएको हो ? यो उपप्रधानमन्त्रीको झुण्डले देशमा सुशासन ल्याउँछ ? नेपाली जनतालाई उत्साहित गर्छ’ उनले भने ।

अहिलेको सरकारमा विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र राजेन्द्र लिङ्देन गरी चार जना उपप्रधानमन्त्री छन् ।
सांसद साहले उपप्रधानमन्त्री नै चाहिने भए परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयमा उपयुक्त हुने बताए ।

‘परराष्ट्रमन्त्रीमा विदेशीसँग पोर्टिफोलियो मिल्थ्यो, रक्षा मन्त्रालयमा सेनाको मनोबल उठाउन उपप्रधानमन्त्री चाहिन्थ्यो कि ?’ उनले प्रश्न गरे ।

भागवण्डाको राजनीति भनेको व्यक्ति खुशी बनाउने राजनीति भएकाले यसलाई ब्रेक थ्रु गर्नुपर्ने साहले बताए । ‘मन्त्रालयकै काम गर्ने हो भने उपप्रधनम्न्त्री किन चाहिन्थ्यो ?’ उनले भने ।

पदहरु आवश्यकताका आधारमा सृष्टि गर्नुपर्ने भन्दै उनले भागवण्डाको राजनीतिले देश लाई समृद्धिको बाटोमा नजाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?