+
+

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था पनि एनपीएसमा आबद्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते १६:४५

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल क्लियरिङ हाउसबीच भुक्तानीसम्बन्धी विषयमा सम्झौता भएको छ । नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी यी दुई संस्थाबीच सम्झौता भएको हो ।

सम्झौता पत्रमा निर्धन उत्थान लघुवित्तका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्त र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।

सम्झौतासँगै निर्धन उत्थान लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ ।

यस अन्तर्गत निर्धन उत्थान लघुवित्तले एनसीएचएल–आईपीएस र आरपीएस/कनेक्ट आईपीएस प्रणालीहरु मार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलन लगायतका विभिन्न संकलनका करोबारहरु तथा तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्ने संस्थाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?