+
+
Shares

राष्ट्रिय योजनामा सुनचाँदीका विषय समेट्न माग

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ११ गते १८:०८

११ माघ, काठमाडौं । नेपाल सुनचाँदी  व्यवसायी महासंघले राष्ट्रिय योजनामा सुनचाँदीका बिषय समावेश गर्न आग्रह गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधीमण्डलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग भेट गरी सुनचाँदीका बिषयलाई मुलुकको पञ्चवर्षीय योजनामा समावेश गर्न आग्रह गरेको हो ।

भेटका क्रममा आयोगका उपाध्यक्ष श्रेष्ठले नेपाल सुनचाँदी व्यवसायी महासंघले अगाडि सारेका सुनको उत्खनन, निकासी–पैठारी, ओसारपसार, कालिगढको व्यवस्थापन र तालिम लगायतका विषयलाई सम्बोधन गर्न आयोगले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

त्यसक्रममा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी व्यवसायमा परेको समस्या र समाधानका उपायबारे धारणा राखेका थिए । उनले सुनको कारोबारमा क्रममा नीतिको अभाव भएको भन्दै यसतर्फ आवश्यक पहल गर्न समेत उपाध्यक्ष श्रेष्ठलाई आग्रह गरे ।

सुुनचाँदीको विषयलाई मुलुकको योजनामा समावेस गर्न सके यसवाट राज्य र व्यवसायी सवैलाइ फाइदा हुने उनले बताए । भेटका क्रममा महासंघका तर्फवाट उपाध्यक्ष दियसरत्न शाक्य, महासचिव धर्मशुन्दर बज्राचार्य, सह कोषाध्यक्ष पद्मसुन्दर शाक्य लगायत उपस्थित थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?