+
+
Shares

आसिफ शाहको निर्देशनमा फिल्म ‘शुभ विवाह’ बन्ने, जेठदेखि छायांकन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १४ गते ११:५३

काठमाडौं । आसिफ शाहको निर्देशनमा फिल्म ‘शुभ विवाह’ निर्माण हुने भएको छ । यसअघि ‘कर्कश’ र ‘२ रुपैयाँ’जस्ता हिट फिल्म निर्देशन गरेको जी-ट्वान्टीवान प्रोडक्सनले कमेडी जनरामा यो फिल्म बनाउन लागेको हो ।

फिल्म ‘२ रुपैयाँ’कै प्रमुख कलाकारलाई पनि यसमा प्रमुख भूमिकामा देख्न पाइने भएको छ । आसिफसहित स्वस्तिमा खड्का र निश्चल बस्नेत मुख्य भूमिकामा हुने तय भएको छ । स्वस्तिमा र निश्चललाई औपचारिकरुपमा अनुबन्धित गर्ने तयारी छ ।

आसिफले निर्देशक र अभिनेताको रुपमा जिम्मेवारी सम्हाल्नेछन् । ‘विवाह संस्कृतिको कथावस्तुमा फिल्म बन्न लागेको हो’ उनले भने, ‘नेपाली विवाह संस्कृतिमा पाश्चात्य संस्कारले पारेको प्रभावलाई समेत यसमा व्यंग्य गरिनेछ ।’ आगामी जेठदेखि छायांकन सुरु हुन लागेको यो फिल्म लगत्तै जीट्वान्टीवानको ब्यानरमा बन्न लागेको अर्को फिल्म ‘डामाडोल’ पनि सुरु हने तयारीमा छ ।

‘डामाडोल’मा बिपिन कार्की तय भैसकेका छन् । विज्ञापन र फिल्म निर्माणमा सक्रिय कम्पनी जी-ट्वान्टीवानले पहिलो फिल्म ‘कर्कश’बाटै चर्चा बटुलेको थियो । ‘२ रुपैयाँ’ले मुलुकको प्रतिष्ठित फिल्म ब्यानरको रुपमा यसलाई स्थापित गर्‍यो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?