+
+

गुणस्तरीय फोरजीपछि मात्र फाइभ जी ल्याउनु उपयुक्त : सञ्चारमन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते १४:३३

११ फागुन, काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोरजी सेवा गुणस्तरीय बनाएपछि मात्र फाइभ जी लागू गर्न उपयुक्त हुने बताएकी छिन् ।

बिहीबार प्रविधि पत्रकार मञ्चले आयोजना गरेको ‘फाइभ जीको चुनौती र आगामी बाटो’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले काठमाडौं उपत्कायमा समेत फोरजी सेवा गुणस्तरीय नभएको टिप्पणी गरिन् ।

‘काठमाडौं उपत्यकामा समेत फोरजी सेवा गुणस्तरको छैन । यसलाई व्यवस्थित गर्ने गरेर मात्रै फाइभजीमा प्रवेश गर्न उपयुक्त हुन्छ’ उनले भनिन् ।

मन्त्री शर्माले फोरजी सेवा लागू गर्दाको लागत अनुसार प्रतिफल प्राप्त भएको वा नभएको विषयमा पनि अध्ययन हुनुपर्ने धारणा राखिन् ।  ‘फोरजी सेवामा कति लागत लगायौं र कति लागत उठ्यो भन्ने वास्तविक लेखाजोखा नगरी विश्वमा आउने नयाँ प्रविधिमा अगाडि बढ्दै जाने र त्यसबाट के भयो भन्ने विषयमा समीक्षा गर्न सकेनौं भने लाभ भन्दा पनि नोक्शानी हुने जस्तो लाग्छ’ उनले भनिन् ।

मन्त्री शर्माले नेपाल मुलुकको उच्च हिमाली क्षेत्र अझै सूचनाको पहुँचमा नपुगेको, निकुञ्ज तथा जङ्गल क्षेत्र पनि इन्टरनेट र फोनको पहुँच बाहिर रहँदा जङ्गल यात्रामा जनावरको आक्रमणको सूचना दिन पनि कठिन रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?