+
+

हिमालय लोकस्टारमा महाजजको रुपमा राजु परियार अनुबन्धित, आजदेखि भोटिङ राउण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २३ गते १३:५५

काठमाडौं । चर्चित लोकदोहारी गायक राजु परियार टेलिभिजन रियालिटी शो हिमालय लोकस्टारमा महाजजको रुपमा अनुबन्धित भएका छन् । शोका निर्देशक सिमोस सुनुवारले दिएको जानकारी अनुसार दर्शकले मंगलबारकै एपिसोडदेखि परियारलाई जजको रुपमा देख्न पाउनेछन् ।

महागुरुको रुपमा कुमार बस्नेत हुनेछन् भने बाँकी तीनजना जजहरु कुलेन्द्र विश्वकर्मा, रामजी खाँण र ज्योति मगर पालैपालो शोमा प्रस्तुत हुनेछन् । ‘दर्शकको उच्च मागको आधारमा परियारलाई महाजजको रुपमा अनुबन्धित गरेका हौं । यो दर्शकको चाहना हो,’ निर्देशक सुनुवारले अनलाइनखबरसँग भने ।

गायक परियार गत साता पनि गेस्ट जजको रुपमा शोमा पुगेका थिए । त्यतिबेलै उनले जजको रुपमा निरन्तरता पाउने अड्कल काटिएको थियो । महाजजको रुपमा बस्न आफूहरुको अनुरोधलाई परियारलाई स्वीकारेको उनले बताए ।

मंगलबार र बुधबार हिमालय लोकस्टारमा भोटिङ राउण्ड सुरु हुँदैछ । यो चरणमा अन्तिम १६ जनाले प्रतिस्पर्धा गर्दैछन् । दर्शकले आफूलाई मनपर्ने कलाकारलार्ई भोट गर्दै जिताउन सक्नेछन् । यस साताको एपिसोडमा विदेशमा बसोबास गर्ने नेपालीको दुःखपीडालाई लिएर प्रतिस्पर्धीले प्रस्तुति दिने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?