+
+
Shares

‘आदर्श पत्रकारिता पुरस्कार’ स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते १३:११

५ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले १ लाख १ हजार १११ रुपैयाँ राशीको ‘आदर्श पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।

शाखाको शुक्रबार र शनिबार गरी दुई दिन शंखरापुर-२ जहरसिंहपौवास्थित लाङटाङ ईको रिसोर्टमा बसेको कार्यसमितिको बैठकले पत्रकारिता क्षेत्रको विकासमा योगदान गरेका अग्रज पत्रकारलाई प्रदान गर्ने उद्देश्यले सो पुरस्कार स्थापना गर्ने निणर्य गरेको हो । शाखाले आगामी २५ चैतमा हुने वार्षिक साधारण सभामार्फत सो पुरस्कार प्रदान गर्नेछ ।

बैठकले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले हालै पत्रकार तथा पत्रकार महांघप्रति लक्षित गरी सार्वजनिक गरेको अभिव्यक्तिप्रति आपत्ती प्रकट गर्दै पत्रकारिता क्षेत्रमाथि अविश्वास तथा आघात पुग्ने गरी दिएको अभिव्यक्ति अविल्म्ब फिर्ता लिनसमेत माग गरेको छ ।

बैठकले साधारण सभाका लागि शाखाका अध्यक्ष सूर्य सुवेदीको संयोजकत्वमा ५१ सदस्यीय मूल समिति गठन गरेको छ । समितिमा कार्यसमितिका पदाधिकारी, सदस्य, साधारण सदस्य रहने छन् ।

दुई दिन चलेको बैठक समसामयिक विषय, श्रमजीवी पत्रकारको समस्या, व्यवसायिक क्षमता अभिवृद्धि, लोककल्याणकारी विज्ञापनलगायत विषयमा ९ बुँदे शंखरापुर घोषणापत्र सार्वजनिक गर्दै समापन भएको शाखाका सचिव महेश्वर गौतमले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?