+
+

काठमाडौंमा सीजी मोटर्स नेटा भी एक्सचेञ्ज क्याम्प सुरू

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ८ गते १८:०२

काठमाडौं । सीजी मोटर्सले बुधबारदेखि नेटा भी एक्सचेञ्ज क्याम्प प्रारम्भ गरेको छ । काठमाडौंको विशालनगर शोरुम र अन्य स्थानहरुमा एक्सचेञ्ज क्याम्प सुरु गरेको हो । बुधबारदेखि १० चैतसम्म चल्ने सो क्याम्पेन अन्तर्गत कुनै पनि ब्रान्डको पेट्रोलियम वा अन्य गाडीसँग नेटा भी इलेक्ट्रिक कार साट्न सकिने छ ।

सीजी मोटर्सले पुरानो गाडीको उपयुक्त भ्यालुएसन प्रदान गरिने त्यसैगरी सो अवसरमा शोरुम भ्रमण गर्ने र गाडी टेस्ट ड्राइभ गर्नेहरुलाई रिफ्रेसमेन्ट सहित आकर्षक उपहार समेत उपलब्ध गराइने छ । ‘स्विच टु ईभी’  ट्यागलाइनका साथ ल्याइएको सो अफरबाट इलेक्ट्रिक कार चढ्न चाहने ग्राहकहरु लाभान्वित हुन सक्ने छन् ।

कम्पनीका अनुसार नेटा भी कारमा सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सीएटीएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ । नेटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिइएको छ ।

कम्पनीका अनुसार यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै सीजी मोटर्सका हरेक खरिदकर्तालाई ६.६ किलोवाटको  चार्जर र एक वर्षको बीमाको सुविधा निःशुल्क उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?