+
+

जिपको सेभेन–सिटर मेरिडियनको बुकिङ खुला, कति छ बजार मूल्य ?

टेस्ट ड्राइभ पनि गर्न पाइने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते १९:३१

काठमाडौं । अमेरिकी अटोमोबाइल ब्रान्ड जिपले नेपालमा नयाँ प्रिमियम एसयूभी जिप मेरिडियनको बुकिङ खुला गरेको छ । नेपालका लागि जिपको आधिकारिक बिक्रेता एमएडब्लु लाइफले जिप मेरिडियनलाई नेपाली बजारमा सार्वजनिक गर्नुअघि विशेष मूल्यमा बुकिङ खुला गरेको हो ।

जिप मेरिडियन अमेरिकी विरासत बोकेको जिप ब्रान्डको पहिलो ‘सेभेन–सिटेड’ ‘फोर बाइ फोर’ क्षमता भएको एसयूभी हो । जसलाई एमएडब्लु लाइफले केही सातामा नेपालमा सार्वजनिक गर्ने तयारी थालेको छ । नेपालमा जिप मेरिडियनको लन्चअघिको विशेष मूल्य एक करोड ८० लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

एमएडब्लु लाइफले काठमाडौंको नक्सालस्थित शोरुमबाट जिप मेरिडियनको ‘डिस्प्ले’ तथा ‘टेस्ट ड्राइभ’ पनि सुरु गरेको छ । प्रिमियम फिचरले भरिएको मेरिडियनलाई टेस्ट ड्राइभ गर्न चाहनेले कम्पनीमा सम्पर्क गरी टेस्ट ड्राइभ बुक गर्न सकिने जनाएको छ ।

नेपालमा मेरिडियनको टप भेरियन्ट लिमिटेड (ओ) उपलब्ध हुनेछ । मेरिडियनमा २.० लिटरको ‘मल्टिजेट डिजेल इन्जिन’ हुनेछ जसको ‘नाइन–स्पिड अटोमेटिक ट्रान्समिसन’ले १६८ बीएचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ । यसमा ‘स्यान्ड’, ‘मड’, ‘स्नो’ र ‘अटो अप्सन’ रहेको ‘सेलेक–टेरेन’सहितको जिपको ‘लेजेन्डरी फोर बाई फोर सिस्टम’ रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?