+
+

जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २५ गते १४:२६

२५ चैत, काठमाडौं । जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित भएका छन् । नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाको जिल्ला सम्मेलनको क्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

मोर्चाका नवनिर्वाचित अध्यक्ष चन्द्रबहादुर नेपालीका अनुसार विद्यमान जातीय विभेदलाई तोडेर अन्तरजातीय विवाह गरेका कारण उनीहरुको हौसला बढाउन र सम्मान जनाउन कार्यक्रम गरिएको छ ।

सम्मानित जोडीले यो सम्मानले आफ्नो परिवारलाई थप हौसला प्रदान गरेको वताउनुभयो ।

सम्मान कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नरेश भण्डारीले समानता समानुपातिकको मुल एजेण्डा माओवादी सुत्राधार भएका कारण माओवादीले यस्ता काममा जोड दिएको बताए ।

कर्णाली प्रदेश सरकारका सचेतक तथा प्रदेश सांसद रणसिंह परियारले दलितले वनाएको घरमा बस्ने तर पानी नखाने प्रवृत्ति हटाउादै जानु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?