+
+

बलिउड फिल्म ‘एनिमल’मा अनुबन्धित भए नेपाली अभिनेता टंक धमला

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते १७:१४
बलिउड अभिनेता रणवीर कपुरसँग टंक धमला

काठमाडौं । रणवीर कपुर स्टारर बलिउड फिल्म ‘एनिमल’मा नेपाली अभिनेता विपिन कार्कीले अभिनय गर्ने खबरले निकै चर्चा पायो । यसका लागि उनी धेरैपटक काठमाडौं-मुम्बई आउजाउ पनि गरे । निर्देशक सन्दीप रेड्डी भांगाले उनलाई मुम्बईमा समेत बोलाए । अन्ततः विपिनले छायांकनबिनै प्रोजेक्ट छाड्नुपर्‍यो ।

तर ‘एनिमल’लाई लिएर नयाँ खबर छ । नेपाली अभिनेता टंक धमला यो फिल्मसँग जोडिएका छन् । अप्रिल १ देखि लण्डनमा छायांकन भइरहेको फिल्मको सेटमा धमलाले ज्वाइन गरेका छन् । फिल्ममा उनले बबी देओलको भाइको भूमिकामा अभिनय गरिरहेको निकट स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।

‘एनिमल’को आधिकारिक आईएमडीबी पेजमा पनि कास्टको रुपमा धमलाको नाम उल्लेख गरिएको छ । धमलाले २०७६ सालमा रिलिज भएको नेपाली फिल्म ‘सरौतो’मा अभिनय गरेका छन् । यसबाहेक कर्म र डेन्जरियस गेम उनका अन्य फिल्महरु हुन् । ‘एनिमल’मा धमलाको भागको छायांकन बेलायतमा हुने भएको छ ।

लामो समयदेखि लण्डनमा बस्दै आएका धमलाले फिल्मबाहेक स्विस एयर, ब्रिटिस एयरवेज, कोक र केही नेपाल सरकारका विज्ञापनमा काम गरेको जनाइएको छ । ‘कबीर सिंह’ फेम्ड सन्दीप रेड्डी भांगाको निर्देशनमा छायांकन भइरहेको फिल्म ‘एनिमल’मा रणवीरसहित रश्मिका मन्दाना, अनिल कपुर, बबी देओल लगायतको अभिनय छ ।

यो फिल्मलाई ग्याङस्टर ड्रामा जनरामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?