+
+

सिंहदरबारको फोहोर नउठेकोबारे मन्त्रिपरिषदमा छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते १७:५७

२८ चैत,  काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटार, सिंहदरवार र शीतल निवासको फोहर नउठाएको बारेमा मन्त्रिपरिषदमा छलफल भएको छ ।

एक मन्त्रीका अनुसार आज बसेको मन्त्रिपरिषद बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले यी ठाउँको फोहोर नउठाउने भनि दिएको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिने र समाधानका लागि आवश्यक पहल अघि बढाउने निर्णय भएको छ ।

काठमाडौं उपत्यकाको फोहर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगरका मेयरले अभिव्यक्ति आएको भन्दै बैठकमा छलफल भएको एक मन्त्रीले जानकारी दिए ।

संघीय सरकारले सहयोग नगरेको भन्दै मेयर बालेनले बालुवाटार, सिंहदरवार र शीतल निवासको फोहर नउठाउने बताएका थिए ।

मन्त्रिपरिषदको बैठकमा सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहसँगको संघीय सरकारको सम्बन्धलाई लिएर सार्वजनिक रुपमासमेत प्रश्न उठेकाले फोहोर नउठाउने महानगरको निर्णयलाई आफूले गम्भीरतापूर्वक लिएको बताएका ती मन्त्रीले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्रीले स्थानीय तह र संघीय सरकारको सम्बन्धलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर मन्त्रालयगत रुपमा धारणा मागेका थिए ।

सबै मन्त्रीले आफ्नो कुरा राखेपछि यसबारेमा महानगरसँगै छलफलका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समन्वय गर्ने निर्णय भएको ती मन्त्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?